हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन
जानकारी केन्द्र
२०८१, जेष्ठ, १
काठमाडौँ । अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् । युक्रेनले खार्किभमा ठूलो आक्रमणको सामना गरिरहेको बेला यी हतियारहरू आइपुगेका छन् ।
ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्नेछन् । अमेरिकी अधिकारीहरूका अनुसार ब्लिन्केनले उनीहरूलाई अमेरिकी सहयोगको आश्वासन दिनेछन् ।
अमेरिकाले तीन साताअघि अमेरिकी संसदमा युक्रेनका लागि ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो । विगत एक वर्षदेखि यो प्याकेजलाई लिएर संसदमा विवाद चलिरहेको थियो ।
ब्लिन्केन युक्रेन पुग्नु अघि, अमेरिकी अधिकारीहरूले युक्रेनले एयर डिफेन्स इन्टरसेप्टरहरू, तोपहरू र लामो दूरीको सटीक स्ट्राइक मिसाइलहरू प्राप्त गर्न थालेको बताएका थिए ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

