कम्युनिस्ट गठबन्धनको आचरणले लोकतन्त्र खतरामा छ : नेता विष्ट
काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा बढेको औंल्याएका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वकेन्द्रीय सदस्यसमेत रहेका विष्टले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारी र ठगहरूलाई उन्मुक्ति दिन संसद नै कब्जा गर्न खोज्नुले वर्तमान सरकारबाट लोकतन्त्र खतरामा रहेको प्रस्ट भएको बताए।
सहकारी ठग मन्त्रीलाई जोगाउन कांग्रेसमाथि सदनमै आक्रमण गर्न खोज्नु आपत्ति जनक रहेको उनको भनाइ छ। ‘ससदलाई खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो भन्ने वामपन्थी धारणा यतिबेला छरपस्ट भएको छ। आफू प्रधानमन्त्री हुँदा सदन विघटनको कुचेस्टा गरेका एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला सहकारी ठगको पक्षमा उभिनु भएको छ। जनतालाई ठग्नेहरूले कस्तो सुशासन र समृद्धि ल्याउलान?,’ विष्टको प्रश्न छ।
एमालेका नेताहरू पनि सहकारी ठगीमा फस्ने भएकाले ओली सहकारी ठगहरूको पक्षमा उभिएको विष्टले औल्याए। सभामुख पनि आफ्नै पार्टीको भएकाले ओलीले सभामुखसँग कार्यकर्ताको जस्तो व्यवहार गर्न खोजेको विष्टको टिप्पणी छ।
‘संसदीय व्यवस्थामा सभामुख पनि जिम्मेवार हुनुपर्छ। कुनै दलको इसारामा चल्नु हुँदैन। तथस्ट बनेर न्यायकारी भूमिका निर्वाह गर्नुपर्छ। कांग्रेसले सभामुखबाट त्यस्तै जिम्मेवारपूर्ण भूमिकाको अपेक्षा गरेको छ,’ उनले भने। सभामुखले तथस्ट भूमिका नदेखाए त्यो कांग्रेसका लागि सैह्य नहुने विष्टको चेतावनी छ।
‘देशमा अस्थिरता सिर्जना गर्ने र राज्य दोहन गरेर आफू मोटाउनेहरू जिम्मेवार हुँनै सक्दैनन्। हामीले सहकारी ठगीमा निष्पक्ष छानविन गर्न संसदीय छानविन समिति गठन गरौं भनेका हौं। के त्यो कांग्रेसको गलत माग हो? गल्ति छैन भने छानविन समिति गठन गर्न किन डराउन पर्यो? छानविन समितिबाट भाग्नुले ठूलो गडबडी रहेको प्रस्ट हुन्छ,’ उनले भने।
जनतालाई ठग्ने अधिकार कसैलाई नभएको विष्टको धारणा छ। छानविन समिति गठन नभएमा सदन चल्न नसक्ने र कांग्रेसले सडकदेखि सदनसम्मै संघर्ष जारी राख्ने उनको चेतावनी छ।
सरकार र सत्तारुढ दलका क्रियाकलापले लोकतान्त्रिक गणतन्त्रका प्राप्त उपलब्धि पनि खतरामा पर्ने देखिएको विष्टको भनाइ छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
