Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

गृहमन्त्री रवि लामिछानेले भनेका छन-कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, ७
गृहमन्त्री रवि लामिछानेले भनेका छन-कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कसैलाई आरोप नलगाएर मिडियामा आएका कुरा मात्र भनेको बताएका छन् ।सामाजिक सञ्जालमा लेख्दै लामिछानेले मिडियामा आएका समाचार संसदमा पढेर सुनाएको उल्लेख गर्दै आफुले कसैलाई आरोप नलगाएको बताएका हुन् ।

उनले भनेका छन-   

शैली त मेरो त्यस्तै उस्तै हो। भनेको चाहिँ के भने,

१) मैले कसैलाई कुनै आरोप लगाएको छैन । मिडियामा आएकै आधारमा समिति बनाउने र अझ ब्यक्ति केन्द्रित समिति बनाउने हो भने त यी यस्ता यस्ता समाचारपनि त आएका छन् नी भनेर केही समाचारहरु सदनमा पढी वाची सुनाएको।

२) हामीलाई संसदीय छानबिन समिति बन्ने कुरासँग कुनै आपत्ति छैन । प्रतिपक्षी लगायतका प्रमुख राजनीतिक दलहरूलाई जस्तो संसदीय समिति बनाउन इच्छा छ, त्यसको हामी स्वागत गर्दछौँ । हामीले हिजो सदनबाटै भनिसकेका छौँ – छानबिन समितिको कार्यादेश (टिओआर) रास्वपाको सदस्य संलग्न नभइ बनाए पनि हामीलाई स्वीकार्य छ, हामी तयार छौँ।
सार चाहिँ यत्ती नै हो,समाचार त के के आयो आयो !!!

Top Changing Nepal

युट्युब सट्स