कोलकोता आइपिएलको फाइनलमा
जानकारी केन्द्र
२०८१, जेष्ठ, ९
काठमाडौँ । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ ।मंगलबार राति सम्पन्न आइपिएलको पहिलो क्वालिफायरमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
सनराइजर्सले दिएको १६० रनको लक्ष्य पछाएको कोलकोताले १३.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।यसअघि सनराइजर्सले १९.३ ओभरमा अलआउट हुदै १५९ रन बनाएको थियो ।
योसहित कोलकोता चौथो पटक आइपिएलको फाइनलमा पुगेको छ । यस अघि २०१२ र २०१४ मा उपाधि जितेको कोलकोता २०२१ मा उपविजेता बनेको थियो ।
यस खेलमा हार बेहोरेको सनराइजर्स हैदरावादले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ । अब इलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा सनराइजर्ससँग खेल्ने छ । इलिमिनेटरमा बुधबार रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्स खेल्दै छन् ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

