हिरो मोटरसाइकल र स्कुटरको ब्राण्ड एम्बेसडरमा सुशान्त,सुरक्षा र दयाहाङ नियुक्त
काठमाडौँ । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सि जी मोटर्सलर्स नेपाली कला क्षेत्रका तीन प्रतिष्ठित व्यक्तित्वहरूलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ । नक्साल स्थित स्टेट अफ दि आर्ट शोरूममा एक कार्यक्रम गरी ब्रान्ड एम्बेसडर नियुक्त गरेको सि जी मोटर्सकर्सको यस रणनीति कदमले हिरो ब्रान्डको उपस्थितिलाई नेपालमा अझैबलियो बनाउने लक्ष्य राखेको कम्पनीले बताएको छ ।
समधुरु आवाजका धनी सुशान्त केसी, त्यस्तैगरी पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अतिलोकप्रिय तथा प्रभावशाली अभिनेत्री सुरक्षा पन्त साथ साथै नेपालमा हाल सर्वाधिक लोकप्रिय अभिनेता मध्येका एक दयाहाङ राईले हिरो स्प्लेन्डर सिरिजका मोटरसाइकलको विरासतलाई अगाडि बढाउन भुमिका खेल्ने दाबि कम्पनीको रहेको छ ।
सिजी मोटर्सलर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा विस्तारका लागि आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नवलपरासीको सि जी इन्डस्ट्रि यल पार्कमा प्रति वर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सक्ने क्षमताको अत्याधनिक प्लान्टको उद्घाटन समेत गरेको थियो । हिरोका मोटरसाइकल तथा स्कुटररू अहिले नेपाली भुमिमै एसेम्बल भईरहेका छन्।
सि जी मोटर्सलर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरि रहेको छ जहाँ एक्सपल्स, सुपर र स्प्लेन्डर, स्प्लेन्डर प्लस, तथा जूम विक्री हुदै आइरहेका छन। यसबाहेक, सि जी मोटर्सलर्सले बढ्दो ग्राहकहरूको सख्ंयालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रतु रूपमा विस्तार गरिरहेको कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
