पुदिनाको अचारका यस्ता छन् फाइदाहरू
पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी मानिन्छ । यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै विभिन्न रोगहरूबाट बचाउँछ ।
पुदिनाको अचारका फाइदाहरू
–खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ । साथै शरीरलाई शीतलता प्रदान गर्छ ।
–पेट, त्वचा लगायतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ । त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी हुन्छ ।
–पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।
–पुदिना, तुलसी, अदुवा र मरिच मिलाएर पानीमा उमाल्नुहोस् । जुन रस ग्यास्ट्रिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ । पुदिनाको पातको धुलोलाई चिनीसँग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।
–पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ । ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठिक हुन्छ ।
–दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठिक हुन्छ । पुदिनाको सेवनले थकाई लाग्ने समस्या पनि निको हुन्छ।
–यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहत मिल्न सक्छ । यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।
–पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ ।
–यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस्
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


