कार दुर्घटना हुँदा बाबु छोरीसहित तीन जनाको मृत्यु, दुई घाइते
हेटौंडा । मकवानपुरको भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार दुर्घटना हुँदा तीन महिने शिशुसहित तीन जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो साढे चार बजे कार आफैँ अनियन्त्रित भई भीमफेदी गाउँपालिका ६ जुरीखेतस्थित सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खसेको थियो । कारमा पाँच जना सवार थिए । जसमध्ये २ जना घाइते भएका छन् ।
दुर्घटनामा मकवानपुरको मनहरी मनहरी गाउँपालिका ८ बेलुवाका २६ वर्षीय अर्जुन नेपाली, उनकी तीन महिने छोरी अर्जिता भित्रीकोटी र कार चालक काठमाडौंको चन्द्रागिरी १ दहचोकका अन्दाजी ६० वर्षीय सानु परियार रहेका छन् ।
उक्त घटनामा मकवानपुर मनहरी गाउँपालिका ८ बेलुवा बस्ने २३ वर्षीया सरिता परियारको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । सरिता मृतक अर्जुनकी श्रीमती हुन् ।
चितवन राप्ती नगरपालिका १ लोथर बस्ने ३५ वर्षीया सानो कान्छी तामाङको पनि दुर्घटनामा परेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । घाइते दुवैको सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
