रोनाल्डोको किर्तिमान: चार लिगमा जिते गोल्डेन बुट
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल्डेन बुट जितेका छन् । यस सिजनको साउदी लिगमा सबैभन्दा बढी ३५ गोल गर्दै रोनाल्डोले गोल्डेन बुट जितेका हुन् । यस सिजनको साउदी लिगमा रोनाल्डोले ३१ खेलमा ३५ गोल र ११ असिस्ट गरेका थिए ।
रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । ययसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८-१९ सिजनमा सर्बाधिक ३४ गोल गरेका थिए ।
यसका साथै रोनाल्डो चार फरक फरक लिगमा गोल्डेन बुट जित्ने खेलाडी बनेका छन् । रोनाल्डोले ला लिगामा तीन पटक गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिग र सिरी ए मा एक एक पटक गोल्डेन बुट जितेका थिए ।
त्यस्तै रोनाल्डोले ७ पटक च्याम्पियन्स लिगमा गोल्डेन बुट जितेका छन् बहने एक पटक युरोको गोल्डेन बुट जितेका छन् । रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन् ।
अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ । यस सिजनको साउदी लिग भने अपराजित रहदै अल हिलालले जितिसकेको छ । अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका रहेको छ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

