बुबाको हत्या गरेर फरार छोरा पक्राउ
जानकारी केन्द्र
२०८१, जेष्ठ, १९
इलाम । इलाममा बुबाको हत्या गरेर फरार भएको आरोप लागेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका १० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार भएको आरोपमा ३५ वर्षीय रामबहादुर राईलाई पक्राउ गरिएको हो ।
रामबहादुरलाई माई नगरपालिका १० ढोडेनी जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।
प्रहरीका अनुसार घरायसी विवादमा रामबहादुरले बुबा दिलबहादुरलाई चिर्पटले हिर्काएर सख्त घाइते बनाएका थिए । उनको उपचारका लागि झापाको बिर्तामोड अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

