निर्मल पुर्जामाथि महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको आरोप !
काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले एक रिपोर्ट प्रकासित गर्दै पुर्जाले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यबहार गरेको उल्लेख गरेको छ ।
न्यूयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टमा पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौंको होटलमा पुर्जाले दुव्यर्वहार गरेको आरोप लगाएकी छन् ।
उनले डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले नाम उल्लेख नगरी चर्चित आरोहीले आफुलाई दुर्व्यवहार गरेको अस्पष्ट घटनाक्रम उल्लेख गरेकी थिइन् ।
न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा लोताले आफ्नो पुस्तकमा उल्लेख गरिएको व्यक्ति पुर्जा भएको खुलासा गरेकी छन् । रिपोर्टमा पुर्जाले होटलको कोठामा लगेर दुर्व्यवहार गरेको सविस्तार उल्लेख गरिएको छ ।
उनले भनेकी छन्- ‘मैले इन्कार गर्दा गर्दै उसले मेरो कपडा खोल्न थाले, मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्याए ।’
उनले पुर्जा ब्रिटिस सेनामा प्रशिक्षण लिएको र बलियो भएकाले आफू निरिह बनेको र प्रतिवाद गर्न नसकेको बताएकी छन् । रिपोर्टमा यस विषयमा पुर्जाले प्रतिक्रिया नदिए पनि उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै आरोप अस्वीकार गरेको उल्लेख छ ।
रिपोर्टमा लता बाहेक क्यालिफोर्नियाकी डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिविना पटकपटक चुम्बन गरेको आरोप लगाएकी छन् । पुर्जाले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड रहेका पुर्जा आफ्नो टेन्टमा आएर दुर्व्यवहार गरेको बताएकी छन् । डा. अप्रिलको आरोपमा पनि पुर्जाका वकिलले भने खण्डन गरेका छन् ।
यो घटनापछि दुवैले महिलाले आफु नाजिका साथीलाई बताएको र ती म्यासेजहरू न्यूयोर्क टाइम्सले अध्ययन गर्दा सत्य भेटिएको रिपोर्टमा दाबि गरिएको छ ।
पुर्जा आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्छन् । उनले कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्या जस्ता उच्च प्रोफाइलका महिलालाई समेत आरोहणमा सहयोग गरेका छन् । विश्वका ८ हजार भन्दा अग्ला सबै हिमाल चढेका पुर्जा बारे नेटफ्ल्क्सिले डकुमेन्ट्री नै बनाएको थियो ।
न्यूयोर्क टाइम्सको रिपोर्ट लिंक- https://www.nytimes.com/2024/05/31/sports/mountaineering-sexual-harassment-abuse-nims-purja.html?smid=tw-share
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
