लायन्स क्लवको सहयोगमा निः शुल्क बाथरोग शिविर
लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डश, नेशनल बाथरोग सेन्टर रातोपुल, उर्जा बचत तथा ऋण सहकारी संस्था, सहयोगी महिला जागरण मञ्च, लायन्स क्लव अफ काठमाडौँ युनाइटेड सेन्टरको संयुक्त आयोजनामा ललितपुर, टंगल टोल स्थित उर्जा बचतकै प्रांगणमा भएको निः शुल्क बाथरोग शिविरमा १४५ जनाको ESR, CRP, Uric acid र Sugar वरिष्ठ बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीद्वारा स्वास्थ्य जाँच र आवश्यक परामर्श साथै बाथरोग सेन्टरद्वारा औषधी वितरण निः शुल्क रगत परिक्षण गरिएको थियो ।

रगत परीक्षण गरिएकाहरुको शनिवार सोही स्थानमा बाथरोग विशेषज्ञद्वारा स्वास्थ्य जाँच, आवश्यक परामर्श प्रदान गरी औंषधी समेत वितरण गरिएको मंचकी अध्यक्ष राधा श्रेष्ठले बताउनुभयो ।उर्जा बचत तथा ऋण सहकारी संस्थाद्धारा सहयोगी संस्थाहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।
पहिलो पटक आयोजना गरेको निः शुल्क बाथरोग शिविर निकैं सफल भएको र धेरै सदस्य तथा अन्य महानुभावहरुको सहभागी भएकोले आगामी दिनहरुमा समेत उर्जा बचत तथा ऋण सहकारी संस्थासंग सहकार्य गरी शिविरहरु संचालन गरिने लायन्स क्लब डिष्ट्रिक जेको रिजन चियरपर्सन रोशनकुमार श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
