मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाइते
जानकारी केन्द्र
२०८१, जेष्ठ, २३
सर्लाही । सर्लाहीको बागमतीमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ । दुर्घटना मोटरसाइकल चालक युवक पनि घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका १ मिलनचोकमा बा ९१ प ९३६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बाराको कोल्हबी नगरपालिका १ का ६५ वर्षीय निलबहादुर प्रसाइँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बाराको एलएस न्युरो अस्पतालमा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा निलबहादुरका छोरा मोटरसाइकल चालक ३६ वर्षीय राजु प्रसाईं पनि घाइते भएका छन् । उनको एलएस अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
