काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४३ हजार ३०० पुगेको छ ।
यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । प्रतितोला १ हजार ८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।


