‘हेलो फ्रम वेस्ट इन्डिज’- सन्दीप लामिछाने
काठमाडौं । आईसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार सन्दीप वेस्ट इन्डिजमा नेपाली टोलीमा समावेश हुनेछन् । क्यानले वेस्ट इन्डिज पुगेपछि मात्र क्यानले आधारिकारिक विज्ञप्ति जारी गरेको छ ।
क्यानका अनुसार सन्दीपको नाम सामवेश गर्दै तीव्रगतिका युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको छ । यसअघि सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि उनलाई क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो ।
तर अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले गत जुन ४ मा अमेरिकाको डालसमा भएको नेदरल्यान्ड्सविरूद्धको खेल गुमाएको थिए । साथै जुन ११ मा अमेरिकाकै फ्लोरिडास्थित लाउडरहिलमा हुने श्रीलंकाविरुद्धको खेल पनि गुमाउनेछन् ।
नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल हारेको नेपालले श्रीलंकासँग पर्सि बिहान खेलेपछि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग असार १ गते र बंगलादेशसँग असार ३ गते खेल्नेछ ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
