रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु
काठमाडौँ । युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । विदेश मन्त्रालय र मस्कोमा रहेको भारतीय दूतावासले रुसी सेनामा सेवा गरिरहेका सबै भारतीय नागरिकहरूको चाँडो रिहाइ र फिर्ताको मुद्दालाई नयाँ दिल्लीस्थित रुसी राजदूत र मस्कोमा रुसी अधिकारीहरूसँग जोडदार रूपमा उठाएको बताएको छ ।
भारतले रुसलाई कुनै पनि प्रकारको भारतीय नागरिकको भर्तीमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गरेको छ । यससँगै मन्त्रालयले सबै भारतीयहरूलाई रुसमा रोजगारीका लागि थप सावधानी अपनाउन अपील गरेको छ।
यस वर्षको मार्चमा, केही एजेन्टहरूले धेरै भारतीयहरूलाई रसियामा जागिरको बहानामा रूसी सेनामा भर्ती गरेको खुलासा भएको थियो । अब यी मानिसहरूलाई युक्रेनसँग रुसको चलिरहेको युद्धमा सैनिकको रूपमा लड्न जबरजस्ती पठाइँदैछ । तीमध्ये धेरै भारतीयहरूले भिडियोहरू सार्वजनिक गरेका थिए र भारत सरकारसँग सहयोगको अपील गरेका थिए ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

