रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु
काठमाडौँ । युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । विदेश मन्त्रालय र मस्कोमा रहेको भारतीय दूतावासले रुसी सेनामा सेवा गरिरहेका सबै भारतीय नागरिकहरूको चाँडो रिहाइ र फिर्ताको मुद्दालाई नयाँ दिल्लीस्थित रुसी राजदूत र मस्कोमा रुसी अधिकारीहरूसँग जोडदार रूपमा उठाएको बताएको छ ।
भारतले रुसलाई कुनै पनि प्रकारको भारतीय नागरिकको भर्तीमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गरेको छ । यससँगै मन्त्रालयले सबै भारतीयहरूलाई रुसमा रोजगारीका लागि थप सावधानी अपनाउन अपील गरेको छ।
यस वर्षको मार्चमा, केही एजेन्टहरूले धेरै भारतीयहरूलाई रसियामा जागिरको बहानामा रूसी सेनामा भर्ती गरेको खुलासा भएको थियो । अब यी मानिसहरूलाई युक्रेनसँग रुसको चलिरहेको युद्धमा सैनिकको रूपमा लड्न जबरजस्ती पठाइँदैछ । तीमध्ये धेरै भारतीयहरूले भिडियोहरू सार्वजनिक गरेका थिए र भारत सरकारसँग सहयोगको अपील गरेका थिए ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
