ताप्लेजुङमा पहिरोले पुरिएर एकै घरका ४ जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, असार, १
ताप्लेजुङ । बिहिबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।
रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको आशंका प्रहरीको छ । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्यांक संकलनको काम भइरहेको रावलले बताएका छन् । यसअघि सिसेवा र सिस्ने खोलामा आएको बाढीले बिहीबार चारवटा अस्थायी पुल तथा उत्तरतर्फ जोड्ने सडक अवरुद्ध बनाएको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
