बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर
सञ्जय मिश्रा, रौतहट । रौतहटको चर्चित कटहरिया बजार क्षेत्रको फोहर उठाउन बिरोध स्वरुप स्थानिय युवाहरुले कटहरिया नगरपालिका भवनको मूल गेटमा फोहर थुपारेर बिरोध जनाएका छन् । कटहरिया बजार क्षेत्रको फोहर नउठेको भन्दै आक्रोसित युवाहरुको समुहले शुक्रवार दिउँसो नगरपालिकाको मूल गेटमा एक ट्याक्टर फोहर फालेर बिरोध जनाएका हुन् ।
नगर प्रमुख अजय प्रकाश जयसवालले नगरको सरसफाईमा ध्यान नदिएको भन्दै स्थानीय युवाहरुले गुनासो गर्दै आएका थिए । फोहर फाले लगत्तै मेयर जैसवालको आग्रहमा युवा समुह, स्थानिय ब्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मी जनप्रतिनिधिहरु लगायत सर्वपक्षिय आकस्मिक बैठक बसेका थिए ।
बैठकमा मेयर जैसवालले प्राविधिक कारणबस पछिल्लो तीन दिन देखि बजार क्षेत्रको फोहर उठ्न नसकेकोमा गलती स्वीकार गरेका थिए । बैठकमा मेयर जैसवाल र स्थानीय बिच दुई बुन्दे मौखिक सहमती भएको छ। बजार क्षेत्रको फोहर दैनिक उठाउने र बजार क्षेत्रको बाटोमा बिहान बेलुकी पानी पटाउने सहमती भएको थियो ।
सहमती लगत्तै अपरान्ह मूल गेटमा थुपारिएको फोहर व्यवस्थापन गरिएको थियो । मेयर जैसवालले आउँदा दिनमा त्यस्तो कमी कमजोरी नहुने प्रतिवद्धता जनाएका थिए ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

