लुयानको यस ९० मोडेलको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक
काठमान्डौ । लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयान एस ९० हालै नेपालमा सार्वजनिक गरेको छ ।निक्कै बोल्ड र अत्याधुनिक फिचरले सुसज्जित यस ९० मा २५०० वाटको पिक पावर भएको लिक्विड कुल्ड मोटर दिइएको छ । अन्य हब मोटरको तुलनामा लिक्विड कुल्ड मोटरको तान्ने क्षमता तथा लाइफ स्पान बढी हुने कम्पनीले जनाएको छ ।२५२० वाट आवर क्षमताको बेट्री भएकाले यसले एकपटकको फुल चार्जमा अधिकतम १२० किलोमिटर रेन्ज दिने बताइएको छ ।

स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम भएकाले यसले ओरालोमा बे्रक लिँदा आफै बेट्री चार्ज हुन्छ । यसमा १२ इन्चको व्हिलमा दुवै टायर भएकाले १७० एमएमको अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसको अगाडि र पछाडि दुबै व्हिलमा डिस्क बे्रक दिइएको छ ।कम्पनीका सेल्स तथा मार्केटिङ्ग हेड, शंकर शर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यसको जानकारी दिनुभएको छ ।६५ किलोमिटर प्रति घण्टाको टप स्पिड भएको यो स्कुटरको ११२ किलोग्राम कुल वजन रहेको छ । यसमा सिटमुनी ३२ लिटरको निक्कै ठुलो वुटस्पेस रहेको छ । जसमा ठुलो हेलमेट राखेर पनि अन्य सामानहरु सजिलै अटाउन सकिन्छ ।

आइपि ६७ रेटेड वाटर तथा डस्ट प्रुफ यो स्कुटरलाई जस्तोसुकै मुसलधारे पानी पर्दा पनि चलाउन सकिन्छ ।यसमा एनएफसी सिस्टम भएकाले चावी विना मोवाइलको माध्यमबाट मात्रै पनि अन अथवा अफ गर्नसकिन्छ । यो सुरक्षाको दृष्टिले निक्कै सुरक्षित मानिन्छ ।यसमा एन्टिथेप्ट अलार्म, ७ इन्चको डिजिटल डिस्प्ले, एलइडि हेड लाइट, डिआरएल लगायतका फिचरहरु लोडेड छन् । यति हुँदाहुँदै पनि यसको अधिकतम बिक्रि मुल्य रु. २ लाख ६ हजार १ सय (रु. २,०६,१००) मात्र कायम गरिएको जारी विज्ञप्तीमा जनाइएको छ ।कम्पनीले एक्स्चेन्ज तथा फाइनान्सको पनि सुविधा रहेको जनाएको छ ।

सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

