राष्ट्रपति पौडेल विदेश भ्रमण सकेर आज स्वदेश फर्किदै
काठमाडौं। स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कदैछन् । स्वदेश फर्कने क्रममा राष्ट्रपति पौडेल वर्लिनबाट कतारको दोहा पुगेका छन् ।
स्वदेशका लागि प्रस्थान गर्नुअघि राष्ट्रपति पौडेलले जर्मनीको पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका थिए। मंगलबार नै उनले वर्लिनस्थित नेपाली राजदूतावासको पनि निरिक्षण गरेका छन्। त्यसक्रममा राष्ट्रपति पौडेलले नेपालमा जर्मनीको लगानी भित्र्याउन दूतावासले मेहनत गर्नुपर्न आावश्यकता औल्याए ।
जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल स्विट्जरल्याण्डबाट शनिबार राति जर्मनी पुगेका थिए। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टीनमेयरबीच मंगलबार जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण हो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
