विश्वकप खेलेर नेपाली टिम स्वदेश फिर्ता, सन्दीप किन आएनन् ?
जानकारी केन्द्र
२०८१, असार, ७
काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा भएको आईसीसी टी-२० विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फिर्ता भएको छ ।
नेपाली टिम हिजो र आज गरेर दुई चरणमा फर्किएको हो । सोमपाल कामी, कुशल भुर्तेल, आसिफ शेखलगायतको समूह बुधबार राति १० बजे त्रिवि विमानस्थल ओर्लिएको थियो भने कप्तान रोहित पौडेल, गुल्सन झा सहितको समूह बिहीबार बिहान १० बजे नेपाल आइपुगेको हो।
नेपाली टिमका अन्य खेलाडी स्वदेश फर्किउपनि स्पिनर सन्दीप लामिछाने भने वेष्ट इन्डिजमै छन् । उनी २ दिनपछि नेपाल फर्किनेछन् । सन्दीपको अमेरिकाको भिसा छैन। उनलाई नेपालस्थित अमेरिकन दूतावासले भिसा नदिएपछि विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका थिए।
उनी वेस्ट इन्डिजबाट क्यानडा हुँदै नेपाल आउने बताइएको छ।
१४ वर्षपछि विश्वकप खेलेको नेपाल ४ वटा खेलमा एउटा पनि नजिती नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

