विश्वकप खेलेर नेपाली टिम स्वदेश फिर्ता, सन्दीप किन आएनन् ?
जानकारी केन्द्र
२०८१, असार, ७
काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा भएको आईसीसी टी-२० विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फिर्ता भएको छ ।
नेपाली टिम हिजो र आज गरेर दुई चरणमा फर्किएको हो । सोमपाल कामी, कुशल भुर्तेल, आसिफ शेखलगायतको समूह बुधबार राति १० बजे त्रिवि विमानस्थल ओर्लिएको थियो भने कप्तान रोहित पौडेल, गुल्सन झा सहितको समूह बिहीबार बिहान १० बजे नेपाल आइपुगेको हो।
नेपाली टिमका अन्य खेलाडी स्वदेश फर्किउपनि स्पिनर सन्दीप लामिछाने भने वेष्ट इन्डिजमै छन् । उनी २ दिनपछि नेपाल फर्किनेछन् । सन्दीपको अमेरिकाको भिसा छैन। उनलाई नेपालस्थित अमेरिकन दूतावासले भिसा नदिएपछि विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका थिए।
उनी वेस्ट इन्डिजबाट क्यानडा हुँदै नेपाल आउने बताइएको छ।
१४ वर्षपछि विश्वकप खेलेको नेपाल ४ वटा खेलमा एउटा पनि नजिती नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
