ट्रम्पलाई एक एक व्यक्तिले दिए ५ करोड डलर चन्दा
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको मैदानमा रहेका डोनाल्ड ट्रम्पलाई एक व्यक्तिले ५ करोड डलर चन्दा दिएका छन् ।
अर्बपति टिमोथी मेलनले एक्लैले ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा ५० मिलियन डलर चन्दा दिएको विषय अहिले चर्चामा रहेको छ ।ट्रम्पको लागि काम गर्ने ‘MAGA Inc’ नामक कोषले संघीय निर्वाचन आयोगलाई गत महिना विभिन्न व्यक्तिहरुबाट ६५ मिलियन डलर भन्दा बढी चन्दा लिएको बताएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पिट्सबर्गस्थित मेलोन बैंकिङ परिवारका उत्तराधिकारी टिमोथी मेलनले ट्रम्पलाई ५० मिलियन डलर दान गरेका छन् । त्यस्तै अर्बपति लिज र डिक उइलेनले एक मिलियन डलर दान गरेका छन् ।अमेरिकी मिडियाका अनुसार न्युयोर्क हश मनी केसमा ट्रम्पलाई दोषी ठहर गरेको एक दिनपछि मेलनले यो चन्दा दिएका हुन् ।मेलनले स्वतन्त्र राष्ट्रपति पदका उम्मेदवार रोबर्ट एफ केनेडी जूनियरलाई २० मिलियन डलर चन्दा दिएका छन् ।
मेलनले दिएको चन्दाको सहयोगमा पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति बाइडेनले भन्दा बढी खर्च गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

