भन्सार कर्मचारीको लापरवाही- १४ लाख ८० हजारसहित पक्राउ परेका भारतीय नागरिक फरार
काठमाडौँ। रौतहट स्थित जिल्ला भन्सार कार्यालय गौरको लापरवाहीले सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले बिहीवार बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित पक्राउ गरेको एकजना भारतीय नागरिक फरार भएको छ।
भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत झरौखर जमुनियाका ३० बर्षीय गजेन्द्र राय यादव बिहीवार साँझ भन्सार कार्यालय गौरबाट फरार भएको हो ।सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंका अनुसार स्रोत नखुलेको रकम सहित पक्राउ परेका भारतीय नागरिकलाई बरामद रकम सहित भन्सार कार्यालयमा बुझाएपछि भागेको बताएका छन।
सशस्त्र प्रहरी ११ नम्बर हेक्वा बाट गएको टोलीले भन्सार कार्यालय गौरमा बिहीवार १ बजेर ४५ मिनेटमा मुदा नम्बर ७७१ दर्ता गरेर बरामद रुपैया १४ लाख ८५ हजार सहित भारतीय नागरिक लाई बुझाएको एस्पी हुमागाईको भनाई छ । तर पक्राउ परेका भारतीय नागरिक ५ बजेपछि भागेको भन्सार कार्यालयका कर्मचारीले आफूलाई खबर गरेको हो, प्रहरीले बरामद गरेको सामान मानिस भन्सारमा दर्ता गरेर बुझाइसके पछि त्यसको सुरक्षा गर्नु भन्सारको जिम्मेवारी हुन्छ । दुई बजे पैसा र मानिस बुझाउँदा तीन घन्टा सम्म भन्सार कर्मचारी तथा भन्सार सुरक्षा गार्ड के हेरेर बसेको थियो एसपी हुमागाईंले प्रश्न गरेका छन।
उता जिल्ला भन्सार कार्यालय गौरका प्रमुख अमिन्द्र सिंहले स्रोत नखुलेको पैसा बुझ्नु अघि धेरै प्रक्रिया पूरा गर्नुपर्छ, हामी त्यही प्रक्रियामा लागेका थियौं । पैसा र मानिस लिएर आएका तथा त्यहाँ खटिएका सशस्त्र प्रहरीको ड्युटी बदले पछि उनीहरु त्यहाँ बाट गएलगत्तै त्यहाँबाट आरोपी भागेको बताएका छन ।
सिंहले भन्सार कर्मचारीको मात्रै नभई सशस्त्र प्रहरीको पनि कमजोरीको कारण भारतीय नागरिक भाग्न सफल भएको भन्सार प्रमुख सिंहले प्रतिक्रिया दिएका छन ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

