क्यानडामा हुने ग्लोबल टी-२० मा नेपालका तिन क्रिकेटर खेल्ने
जानकारी केन्द्र
२०८१, असार, ९
काठमाडौँ । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । जसमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ग्लोबल टी- २० खेल्ने भएका हुन् ।
रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् ।
गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए ।
यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुदै छ ।
यो ग्लोबल टी-२० को चौथो सिजन हो । यस अघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

