माछा मार्न खोलामा गएका शिक्षकको बाढीले बगाउँदा मृत्यु, ६ जना घाइते
जानकारी केन्द्र
२०८१, असार, १०
जाजरकोट । जाजरकोट कुशे गाउँपालिका १ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक शिक्षकको मृत्यु भएको छ । माछा मार्न गएका अन्य ६ जना घाइते भएका छन् । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका ९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको हो ।
रोकाया सोही पालिकाको मालटाकुरा माविका शिक्षक रहेको गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिइन् । बाढीमा परी कुशे ४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे १ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका हुन् । उनीहरुको उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

