एनआईसी एसिया बैंकका ऋणीलाई भाखा नाघेको कर्जा भुक्तानीमा छुट अफर
जानकारी केन्द्र
२०८१, असार, ११
काठमाडौं । एनआईसी एसिया बैंकले भाखा नाघेको कर्जा भुक्तानी गर्ने ऋणीलाई छुट दिने योजना सार्वजनिक गरेको छ । २०८० चैतमा भाखा नाघेको ऋणीले २०८१ असार महिनाभित्र ऋण चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत र साधारण बक्यौता ब्याज रकममा १५ देखि ३५ प्रतिशतसम्म छुट उपलब्ध गराउने बैंकले जनाएको छ ।
बैंकले जारी गरेको सूचना अनुसार भाखा नाघेको समयावधि ९१ दिनदेखि १८० दिन भएमा साधारण ब्याज रकममा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनको २५ प्रतिशत र ३६५ दिनभन्दा बढीको ३५ प्रतिशत छुट पाउने छ ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालु पूँजी कर्जा तथा अन्य रिभल्बिङ प्रकृतिका कर्जा लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ऋणीले यस योजनाबाट लाभ लिन सक्ने सूचनामा उल्लेख छ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


