पहिरोले ३ घर बगायो,आमा र दुई छोरीसहित ४ जनाको निधन
लमजुङ । लमजुङको क्ब्होंलासोथर गाउँपालिका ३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गए राति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परी ४ जनाको मृत्यु भएको हो । स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको वडा सदस्य विनप्रसाद घलेले जानकारी दिएका छन् ।
पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षीय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षीया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको मृत्यु भएको हो । रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडा सदस्य घलेले जानकारी दिए । पहिरोमा चित्रका भाइ भिमबहादुर घले भने घाइते भएका छन् ।
घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए । उत्तरकन्याका वडाअध्यक्ष आशवीर गुरूङका जनप्रतिनिधिको टोली पनि घटनास्थल पुग्दैछ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
