एसइईको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा अन्तर्गत ग्रेड वृद्धि (मौका) परीक्षा यही साउन १८ र १९ गते सञ्चालन हुने भएको जनाएको छ ।
नतिजा अनुसार दुई विषयमा ननग्रेडिङ हुने विद्यार्थी सङ्ख्या एक लाख १५ हजार आठ सय ३४ छ । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको सङ्ख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् । उनीहरू साउन १८ र १९ गते हुने ग्रेड वृद्धि (मौका) परीक्षामा सहभागी हुन पाउने छन्।
ग्रेड वृद्धि परीक्षाको नतिजा एक महिनामा प्रकाशित हुनेछ । ग्रेड वृद्धि हुने विद्यार्थीले यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।
परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले मात्र ग्रेडिङ प्राप्त गरेर कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् ।बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ६४ हर २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याउन नसकेपछि दोहोर्याएर कक्षा १० मा पढ्नु पर्ने भएको हो । उनीहरूले आउँदो वार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ । परीक्षामा सहभागी भएकामध्ये ५२।१४ प्रतिशत परीक्षार्थीले ननग्रेड ९एनजी० ल्याएका छन् ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


