कपिलवस्तु । कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । महाराजगन्ज नगरपालिका ३ गनवरियाको सडकमा श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु ६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लड्दा ४० वर्षीय किसलावती ठाकुर गम्भीर घाइते भएकी थिइन् । त्यसपछि उनलाई जिल्ला अस्पताल तौलिहवामा उपचारको लागि लगिएकोमा बुधबार साँझ मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


