एसईईमा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण सबै विद्यार्थीहरुले मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । यसअघि दुई विषयसम्म एनजी अर्थात (अनुत्तीर्ण) भएका विद्यार्थीले मात्रै मौका परीक्षामा सहभागी हुने अवसर पाउँदै आएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षामा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो ।
२०८० सालमा सञ्चालित एसईई परीक्षाको नतिजा हिजो सार्वजनिक गरिएको थियो । एसईईमा परीक्षामा ५२ प्रतिशतभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण छन् । धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गरिएको बताइएको छ ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन भनेको छ । मन्त्रालयले निर्णयानुसार सम्बन्धित मन्त्रालयलाई पत्राचारसमेत गरिएको बताएको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


