एसईईमा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण सबै विद्यार्थीहरुले मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । यसअघि दुई विषयसम्म एनजी अर्थात (अनुत्तीर्ण) भएका विद्यार्थीले मात्रै मौका परीक्षामा सहभागी हुने अवसर पाउँदै आएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षामा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको हो ।
२०८० सालमा सञ्चालित एसईई परीक्षाको नतिजा हिजो सार्वजनिक गरिएको थियो । एसईईमा परीक्षामा ५२ प्रतिशतभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण छन् । धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गरिएको बताइएको छ ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन भनेको छ । मन्त्रालयले निर्णयानुसार सम्बन्धित मन्त्रालयलाई पत्राचारसमेत गरिएको बताएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
