विपद्जन्य घटनामा शनिवार १० जनाको मृत्यु, तीन घाइते
जानकारी केन्द्र
२०८१, असार, १७
काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा शनिवार विपद्जन्य घटनामा परी १० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोमा पुरिएर नौजनाको मृत्यु भएको हो भने दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । पहिरोले घर पुर्दा बागलुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा एक दम्पती र स्याङ्जामा आमाछोरीको मृत्यु भएको छ ।
यस्तै, दाङको राजपुर गाउँपालिका–२ मटेरियाकी ३९ वर्षीया भूमिसरा बुढा मगरको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ । ती घटनाहरुमा तीनजना घाइते भएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए । यस वर्षको मनसुन सुरु भएपछि विपद्जन्य घटनामा परेर ३८ जनाले ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
