माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका ५ सहित ७ जना घाइते
काठमाडौं । चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन् । भरतपुर महानगरपालिका १ पानी ट्याङ्की ओरालोस्थित नारायणगढ मुग्लिन सडकखण्डमा माईक्रोबस दुर्घटना भएको थियो ।
आज बिहान सवा ६ बजे मुग्लिनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०१८२ नम्बरको ईलेक्ट्रिक माईक्रोबस आफै अनियन्त्रित भई दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।
घाइते हुनेमा भरतपुर ९ का ४२ वर्षिय एकराज भट्टराईका पाँच जना परिवार रहेका छन् । भट्टराईकी श्रीमती निर्मला भट्टराई, १० वर्षिया एलिजा भट्टराई, ८ वर्षिया छोरी यनुषा भट्टराई र ४ वर्षिया छोरा अनुज भट्टराई रहेका छन् ।
उनीहरुको अवस्था मध्यम रहेको चितवन प्रहरीले जानकारी दिएको छ । अहिले उनीहरुको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ । यस्तै खैरहनी नगरपालिका ८ का ५० वर्षिय रामप्रसाद चापागाई, भरतपुर महानगरपालिका ४ का २१ वर्षिय नवीन भट्टराई घाइते भएको छन् ।
घाइतेहरुको अवस्था मध्यम र सामान्य रहेको चितवन प्रहरीले जानकारी दिएको छ । माईक्रोबस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

