काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा पेरूलाई २–० ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा प्रवेश गरेको हो।
अर्जेन्टिना समूह चरणका तीनवटै खेल जितेर ९ अङ्कसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो। यसअघि क्यानडालाई २–० र चिलीलाई १–० गोलले पराजित गरेको थियो।