सर्लाहीको हरिवनमा खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु
जानकारी केन्द्र
२०८१, असार, १८
सर्लाही । सर्लाहीको हरिवनमा खेत जोतिरहेको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । हरिवन नगरपालिका १ पटौनामा शनिबार दिउँसो धान रोपाइँका लागि खेत जोत्दै गरेको ज १ त ५७५७ नम्बरको ट्याक्टर पल्टिएर च्यापिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा हरिवन नगरपालिका २ अत्रौली घर भएका ५० वर्षीय सहदेव राउत रहेका छन् । खेत जोतिरहेको बेला ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा रोडाभेटरमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।
राउतको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।
सम्बन्धित समाचार
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
थाइल्यान्डमा किशोरद्धारा गरिएको अन्धाधुन्ध गोली प्रहारमा ७ जनाको मृत्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

