रोल्पाको तालाबाङमा जिप दुर्घटना : ७ जनाको मृत्यु,८ घाइते
काठमाडौं । रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । एक नाबालक सहित पाँचजनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । चारजना गम्भीर घाइते छन् ।
माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा माडि गाउँपालिका–३ तालावाङ वर्ष ३३ की जुनमाया खड्का, सोही ठाउँ निवासी वर्ष ७७ का खडक बहादुर डाँगी, दाबाङ निवासी वर्ष ३० की अमृता घर्ति, अमृता घर्तिकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका वडा नं २ राङ्सी निवासी वर्ष ३३ की रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाले जानकारी दिए।
यस्तै रेऊघा अस्पतालमा उपचारका लागी पुर्याइएका माडी गाउँपालिका वडा नं ३ दाबाङ निवासी ७० बर्षिय झुपलाल डाँगी र सोही ठाउँ निवासी एक महिलाको मृत्यु भएको छ । तर, ति महिलाको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । घर्ति गाउँ स्मृति अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि रेउघा जिल्ला अस्पतालमा ८ जना बिरामीलाई रिफर गरिएको छ ।
माडि गाउँपालिका वडा नं २ घर्तिगाउँ निवासी वर्ष ६ का हिटलर खड्का, तालाबाङ् निवासी वर्ष ६० की कर्मा बुढा मगर, वर्ष ४२ की बरमालि घर्ति, वर्ष ३७ का खगेन्द्र बाठा, वर्ष १३ की प्रतिभा बुढा मगर, परिवर्तन गाउँपालिका वडा नं २ नाफे वर्ष ४५ का दिपक थापा (चालक), गंगादेव गाउँपालिका वडा नं ७ वर्ष ५० का नैन सिंह पुन, माडी गाउँपालिका वडा नं ३ दाबाङ वर्ष ४० की दिलकुमारी बुढा मगरलाई थप उपचारकोलागी जिल्ला अस्पतालमा लगिएको छ ।
रोल्पा जलजला यातायात प्रालिबाट सञ्चालित उक्त जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

