जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी, १ को अवस्था गम्भीर
काठमाडौं । जंगली च्याउको तरकारी पकाएर खाँदा मकवानपुरमा एकै परिवारका ७ जना बिरामी परेका छन् । बिरामीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । बुधबार साँझको खानामा जंगली च्याउको तरकारी पकाएर खाँदा भीमफेदी गाउँपालिका ६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका ७ जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलीमायासहित उनका ३२ वर्षका छोरा बुद्धिबहादुर स्याङ्तान, बुहारी ३० वर्षकी पासाङ स्याङ्तान र ७ वर्षका छोरा लासाङ स्याङ्तान बिरामी परेका हुन्। त्यसैगरी बुद्धिबहादुरका दाजु बुद्ध स्याङ्तानकी १९ वर्षकी छोरी लक्ष्मीमाया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र ७ वर्षीया आरती स्याङ्तान पनि च्याउको तरकारी खाएर बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुद्धि बहादुरका छोरा लासाङको अवस्था भने गम्भीर छ । बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बिरामीमध्ये मंगलीमाया र लक्ष्मीमायालाई थप उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल पठाइएको छ ।
यस्तै अन्य बिरामीको मकवानपुरस्थित हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समय मकवानपुरमा जंगली च्याउ खाँदा बिरामी हुनेको संख्या बढेको छ । बुधबार ७ जना बिरामी थपिएसँगै असार लागेयता मकवानपुरमा च्याउ खाएरै २८ जना बिरामी भएका छन् भने तीन जनाको मृत्यु समेत भइसकेको छ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
