जापान सरकारले अन्ततः बन्द गर्यो फ्लपी डिस्क प्रयोग
काठमाडौँ । जापान सरकारले अन्ततः आफ्ना सबै प्रणालीहरूमा फ्लपी डिस्क प्रयोग गर्न बन्द गरेको छ ।
जापान सरकारले विगत दुई दशकदेखि फ्लपी डिस्क प्रयोग गर्दै आएको र लामो समयदेखि यसको प्रयोगमा प्रतिबन्ध लगाउन कर्मचारीतन्त्रमा पहल भइरहेको थियो ।
गत महिना, जापानी सरकारले आफ्ना सबै १०३४ नियामक निकायहरूमा डिसकोर्ड प्रयोग गर्न बन्द गरेको जनाएको छ ।
जापानका डिजिटल मन्त्री तारो कोनोले भनेका छन्, ‘हामीले २८ जुनमा फ्लपी डिस्कविरुद्धको युद्ध जित्यौँ’।’ तारो कोनो विशेष गरी सरकारी प्रणालीमा फ्याक्स मेसिन र एनालग प्रविधिको प्रयोगको विरुद्धमा आवाज उठाइरहेका छन् ।
जापानमा २०२१ मा कोरोना महामारीको बेला डिजिटल एजेन्सी गठन भएको थियो । देशभर परीक्षण र खोप लगाउन थालेपछि सरकारले पुरानै ढाँचा पछ्याइरहेको र त्यहाँ पुरानै प्रविधिको प्रयोग भइरहेको खुलेको छ ।
कोनोले सरकारी प्रणालीलाई आधुनिकीकरण गर्न माग गर्दै आएका थिए । यसअघि कोनोले रक्षा र परराष्ट्र मन्त्रालयसँगै कोभिड भ्याक्सिन सञ्चालन गर्ने अभियानको पनि नेतृत्व गरिसकेका छन् ।
यद्यपि, जापानको डिजिटलाइजेसन प्रयासले धेरै अवरोधहरू सामना गर्यो । एक कन्ट्याक्ट ट्रेसिङ एप महामारीको समयमा असफल भयो र सरकारको माई नम्बर डिजिटल परिचय पत्र पनि बारम्बार डाटा ग्लिचहरूको बीचमा अपेक्षित भन्दा ढिलो भएको थियो ।
सम्बन्धित समाचार
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
सस्तोभन्दा सही छनोटतर्फ नेपाली उपभोक्ता : गुणस्तर, सेवा र दीर्घकालीन मूल्यमा बढ्दो ध्यान
शाओमीले सार्वजनिक गर्यो नयाँ शाओमी वाच एस फाइभ ४६ एमएम स्मार्टवाच, कतिपर्छ मूल्य ?
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

