तेह्रथुममा धारिलो हतियार प्रहार गरी आफ्नै आमाको हत्या
जानकारी केन्द्र
२०८१, असार, २२
तेह्रथुम । आफ्नै आमाको हत्या गरेको आरोपमा तेह्रथुममा छोरा पक्राउ परेका छन्। लालीगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दीपक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ बताइएको छ ।
४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। दीपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय वसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको थियो।
घरायसी विवादका कारण दीपकले आमालाई खुकुरी प्रहार गरेको खुलेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
