Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

आगलागी हुँदा धनकुटामा तीन घर जलेर नष्ट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, २३
आगलागी हुँदा धनकुटामा तीन घर जलेर नष्ट

हिले। धनकुटाको महालक्ष्मीमा गए राति भएको आगलागीमा परि ३ घर जलेर नष्ट भएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थित राम बजारमा बिहान १ बजेतिर आगलागी सुरु भएको थियो ।

स्थानीय मोहन भण्डारीको दुई तले घरबाट सुरु भएको आगो छिमेकीहरू तेज बहादुर भुजेल र बद्री बर्देवाको घरमा समेत फैलिएको थियो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ। घटनाको कारण भने अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए।

Top Changing Nepal

युट्युब सट्स