काठमाडौंका विभिन्न स्थानमा आज तीन घन्टा विद्युत् सेवा अवरुद्ध हुने
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज तीन घन्टा विद्युत अवरूद्ध हुने भएको छ। विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने भएको हो। कालोपुल फिडर अन्तर्गत पर्ने चाबाहिल सवस्टेसन हुँदै टोयोटा सोरुम पछाडीबाट दियो व्यांक्वेट, धुम्बाराही, राप्रपा पार्टी कार्यालयसम्मका क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।
हाँडीगाउँ फिडर अन्तर्गत पर्ने पहेँलो पुल हुँदै हाडीगाउँ कृष्ण मन्दिर, ५ नं. वडा कार्यालय, विशालनगर, गहनापोखरी, भाटभटेनी हुँदै पुलिस मुख्यालय छेउ छाता गणेश मन्दिर हुँदै डिल्लीबजार चारखाल लोडब्रेक स्विच सम्म क्षेत्रमा भूमिगत केबल चार्जका लागि उक्त फिडर सटडाउन गर्नुपर्ने कारण ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै गैरीधारा फिडर अन्तर्गत पर्ने पुर्व राजदरबार उत्तर ढोका हुदै धोवीचौर गैरीधारा, सनराइज बैंक हुदैं नक्साल भुडे गणेश अगाडिको लोड ब्रेक स्विच सम्म तथा गोमा पेट्रोल पम्प, खुर्सानीटार, बालुवाटार चोक, चाईनिज दुतावास क्षेत्रमा पनि भूमिगत विद्युतीय केबल चार्ज गर्नका लागि उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले निर्धारित समयअगाडि नै काम सकिए समय अगावै विद्युत सेवा सुरू हुने जनाएको छ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
