ऋषि ट्रेड सेन्टरले भित्राएको जिहो ए इ ८ इलेक्ट्रिक स्कुटरको यस्तो छ फिचर
काठमाडौँ । नेपालमा ऋषि ट्रेड सेन्टरले जिहो ए इ ८ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो । कालो र सेतो रंगमा उपलब्ध रहेको यस स्कुटरमा विभिन्न आकर्षक विशेषता र सुविधा रहेको कम्पनिले बताएको छ । डबल ब्याट्रि रहेको यस स्कुटरमा ६९ भोल्ट र ३२ एम्पियर भएको ब्याट्रि पाइनेछ । यस स्कुटरमा लिथियम आयोन ब्याट्रि रहनुका साथै उक्त ब्याट्रि फुल चार्ज हुन ४ घण्टा लाग्ने छ ।
स्कुटरमा ५ किलोवाटको मिड–माउन्टेड लिक्विड–कूल्ड मोटर रहनुका साथै पिक पावर १२.५ किलोवाट र २१८ एन.एम पिक टर्क रहेको छ । यस्तै कम्पनिका अनुसार उक्त स्कुटरले १४० किलोमिटर देखि १६० किलोमिटर सम्म रेन्ज दिने दाबि रहेको छ । यस स्कुटरको टप स्पिड प्रति घण्टा १०० किलोमिटर रहेको छ भने स्कुटरको अगाडिको टायर साइज १००/८०–१२ र पछाडिको टायर साइज १२०/७०–१२ टयुबलेस टायर उपलब्ध छ । साथै यस स्कुटरमा डुअल डिस्क ब्रेक पाउन सकिन्छ ।
१४५ एम.एम ग्राउन्ड क्लियरेन्स रहेको यस स्कुटरको मुल्य रु.४,९०,००० कम्पनिले तोकेको छ । स्कुटरकमा सस्पेन्सन टेलिस्कोपिक फोर्क र एडजस्टेबल हाईड्रोलिक एब्सोर्बर रहेको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाको दुःख व्यक्त,उद्धार राहतमा सहकार्य गर्ने प्रतिबद्धता
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


