मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, असार, २४
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँका ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको छ।
पोखरेललाई गएराति ८ बजेतिर गाउँको भित्री सडकमा उत्तरतर्फबाट बरहथवातर्फ गइरहेको ज ८ प ६८८९ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका पोखरेललाई हरिवनमा सामान्य उपचारपश्चात वीरगन्जतर्फ लैजानेक्रममा रौतहटको चन्द्रनिगाहपुर पुर्याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
मोटरसाइकल र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् । मृतक पोखरेलको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरमा नै राखिएको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
