Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

सप्तकोशीमा बाढीको बहाव उच्च, ब्यारेजका ५६ वटै ढोका खोलियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, २४
सप्तकोशीमा बाढीको बहाव उच्च, ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौँ । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको  कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ ।

सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो । सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ ।

सप्तकोशीको बहाव अहिलेसम्मकै धेरै १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको थियो ।

Top Changing Nepal

युट्युब सट्स