नेपालमा सि.एफ मोटो २५० एन.के बाइक, यस्ता छन फिचर
काठमाडौँ । नेपालमा सि.एफ मोटोको आधिकारिक वितरक रिलायन्स ग्रुपले सि.एफ मोटो २५० एन.के बाइक भित्राएको छ । यस ग्रुपले ३ वटा नयाँ बाइक भित्राएकोमा यो बाइक सबैभन्दा सस्तो रहेको कम्पनिको दाबि छ ।
२४९ सि.सि, सिङ्गल सिलिन्डर,४ भल्भ र डुअल ओभरहेड क्यामशाफ्ट इन्जिन यस बाइकमा रहेको छ । बाईकको टप स्पिड प्रति घण्टा १२८ किलोमिटर रहनुका साथै तेल भण्डारण क्षमता १२.५ लिटर पाउन सकिन्छ । २५ देखि ३५ किलोमिटरसम्म माइलेज दिने यस बाइकमा अगाडिको टायर ११०/७० आर १७–२९२ एमएम डिक्स र पछाडिको टायरमा १४०/६० आर १७–२२० एमएम डिक्स टायर पाउन सकिन्छ।
यस बाइकको ७९५ मिलिमिटर सिट हाइट रहनुका साथै १५० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको कम्पनिले बताएको छ कम्पनिले सि.एफ मोटो २५० एन.के बाइकको मुल्य ५,९९,९०० तोकेको छ। यस बाईककोे तौलको कुरा गर्दा १५८ केजि रहेको छ भने एथेन्स ब्लू, नेबुला ब्ल्याक कलरमा पाउन सकिन्छ । त्यस्तै गरेर बाईकको बे्रकिङ सिस्टमको कुरा गर्दा यसमा डुअल-च्यानल एबीएसको साथ डुअल-डिस्क रहेको छ ।
कम्पनिका अनुसार यस सि.एफ मोटो २५० एन.के बाइकको पर्फमेन्स २७.८ पि एस का साथै ९७५० आर.पि.एमको म्याक्सिमम् पावर र २२ एनएम का साथै ७५०० आर.पि.एमको म्याक्सिम टर्क रहेको कम्पनिले जनाएको छ ।
एथेन्स सेतो र नेबुला कालो कलरमा उपलब्ध यस बाईकमा सस्पेन्सन सेटअप ३७ एमएमको टेलिस्कोपिक यु.एस.डि र मोनोसक जडान गरिएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
