दिपाल एस ०७ इलेक्ट्रिक कारको मुल्य सहित, यस्तो छ फिचर
काठमाडौँ । नेपालमा चाङगान गाडिको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले भित्राएको दिपाल एस ०७ इलेक्ट्रिक कार सिङगल भेरियन्टमा उपलब्ध रहेको छ ।
यस कारको डिमेन्सन् ४७५०* १९३०*१६२५ र ह्विलवेस २९०० एम.एम पाउन सकिन्छ । कारमा म्याक्स पावर १३४ पि.एस र म्याक्स टर्क ३२० एन.एम रहेको छ । यस कारको टप स्पिड प्रति घण्टा १८५ किलोमिटर रहनुका साथै ग्राउन्ड क्लियरेन्स १७५ एम.एम रहेको कम्पनिको दाबि छ । ६६.०८ ब्याट्रि क्षमता भएको यस कारमा लिथियम ब्याट्रि पाउन सकिने र कारले ४१० कि.मि रेन्ज दिने बताइएको छ ।
दिपाल एस ०७ इलेक्ट्रिक कार ३ किलोवाट ए.सि चार्ज भएको ब्याट्रिमा फुल चार्ज हुन २२ घण्टा लाग्ने यस्तै ७ किलोवाट ए.सि चार्जर भएको ब्याट्रिमा ९ देखि १० घण्टा र फास्ट चार्जरबाट ३०% बाट ८०% चार्ज हुन ३५ मिनेट लाग्ने छ । एमएडब्लु वृद्धि अटोकर्पले भित्राएको दिपाल एस ०७ कारको टायर साइज २५५/४५ आर २० रहेको छ ।
पाँच सिटिङ् क्यापासिटि रहेको यस दिपाल एस ०७ इलेक्ट्रिक कारको मुल्य रु.७४,९९,००० कम्पनिले तोकेको छ । फरक डिजाइनमा उपलब्ध यस गाडिको फ्रंकमा १२५ लिटर र ट्रंकमा ४४५ लिटर भण्डारण क्षमता पाउन सकिनेछ साथै कारको तौल २०३५ केजी रहेको छ ।
यस कारको सेफ्टि सिस्टमको कुरा गर्दा एन्टि लक ब्रेकिङ् सिस्टम,ईलेक्ट्रिोनिक स्ट्याबिलिटि कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ् सिस्टम र एच.ए.सि पाउन सकिन्छ । यो इलेक्ट्रिक कार कोस्मिक सेतो, नेबुला हरियो, लुनार ग्रे, ग्रहण कालो, सन्सेट ओरेन्ज र कस्मिक पहेंलो कलरमा पाउन सकिन्छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
