युरोकपको सेमिफाइनलमा आजराती स्पेन र फ्रान्स भिड्दै
काठमाडौँ । जारी युरोकपको सेमीफाइनलको पहिलो खेल आजराती हुदै छ । पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुदै छ ।
स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । स्पेनले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगललाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले अपराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
स्पेन र फ्रान्सबीच अहिलेसम्म ३६ खेल भएका छन् । जसमा स्पेनले १६ पटक जितेको छ भने फ्रान्सले १३ पटक जितेकोछ । त्यस्तै दुवै बीचका ७ खेल बराबरीमा सकिएका छन् ।
युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।
फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो ।
यस युरोकपको समग्र प्रदर्शनमा फ्रान्स भन्दा स्पेन अगाडी देखिएको छ । स्पेनका लागि प्लेमेकर पेड्रीको अभाव खड्किने छ । तर क्वाटरफाइनलमा उनको स्थानमा आएका डानी ओल्मोको प्रदर्शनले जर्मनीलाई पराजित गरेपछि स्पेनको आत्मविश्वास झन् बढेको छ ।
त्यस्तै फ्रान्सका लागि सबै भन्दा बढी चिन्ताको विषय कप्तान किलीयन एम्बाप्पेको प्रदर्शन हो । एम्बाप्पेले यस सिजनमा पेनाल्टीबाट एक गोल मात्र गरेका छन् । फ्रान्सले यस प्रतियोगितामा पोल्याण्डविरुद्धको सो गोल बाहेक अन्य अफिसियल गोल गरेको छैन ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
