डोङ्गफेङ्ग कम्पनिले निर्माण गरेको डि एफ ए सि ईभि ३२ कस्तो भ्यान हो ? हेर्नुहोस् मूल्य र फिचर सहित सम्पुर्ण जानकारी
काठमाडौँ । त्रिवेणि मोटोकर्प प्रालिले नेपाली बजारमा डोङ्गफेङ्ग कम्पनिले उत्पादन गरेको डि एफ ए सि ईभि ३२ भित्राएको छ । यस त्रिवेणि मोटोकर्प प्रालिले भित्राएको ४ ओटा भ्यान मध्ये यो भ्यान पनि एक हो । १८० एम.एम ग्राउन्ड क्लियरेन्समा उपलब्ध यस गाडिको म्याक्स टर्क २७० एन.एम पाउन सकिन्छ ।
भ्यानमा सिएटीएल ५०.२३ किलोवाटको ब्याट्रि क्यापासिटि रहनुका साथै जिबिटी डि.सि फास्ट चार्जरबाट ८०% ब्याट्रि चार्ज हुन ४५ मिनेट लाग्ने कम्पनिले बताएको छ । यस भ्यानले फुल चार्ज भएको ब्याट्रिमा ३०० किलोमिटर सम्म रेन्ज दिने छ ।
डि एफ ए सि ईभि ३२ भ्यानको डिमेन्सनको कुरा गर्दा यसको लम्बाई ५३३० एमएम ,चौँडाई १७०० एमएम र उचाई २२६० एमएम रहेको छ । भ्यानको ह्विवेश २८९० एमएम हुनुका साथै फ्रन्ट ओभरह्याङ १३०० एमएम र रेयर ओभर ह्याङ ११४० रहेको छ । भ्यानको मोटरको कुरा गर्दा रेटेड पावर ५० किलोवाट र पिक पावर ८० किलोवाट पाउन सकिन्छ ।
प्रति घण्टा १०० किलोमिटर सम्म टप स्पिड भएको यस गाडिको ग्रोस वेएट ३४९० केजि र कर्व वेएट १९६० केजि पाउन सकिने कम्पनिको दाबि रहेको छ । भ्यानको सेफ्टि सिस्टम ए.बि.एस र ई.बि.डि, रियर भ्यु क्यामरा रहनुका साथै गाडिमा एसिको सुविधा रहेको छ ।
यस डि एफ ए सि ईभि ३२ भ्यानमा ४ ओटा डोर,२ ओटा स्पिकर र २ ओटा एम्प्लिफायरका साथै भ्यानको अगाडि रिडिङ् लाइट र पछाडि फग लाईट जडान गरिएको छ । डि एफ ए सि ईभि ३२ भ्यानको अगाडिको टायरमा डिस्क ब्रेक र पछाडिको टायरमा ड्रम ब्रेक उपलब्ध रहेको छ । यसमा एलोमिनियम अलोइव्हील व्हील हब म्याटेरियल रहेको छ । कारको सस्पेन्सनको कुरा गर्दा अगाडि इन्डिपेन्डेन्ट सस्पेन्सन् र पछाडि भेरिएबल लिफ स्प्रिङ्ग पाउन सकिन्छ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
