नेपालि बजारमा उपलब्ध एथर ४५० एक्स इलेक्ट्रिक स्कुटरको यस्तो छ फिचर
काठमाडौँ । नेपालि बजारमा विश्वका धेरै देशमा उत्पादन भएका ईलेक्ट्रिक सवारीसाधनहरु बिक्रिवितरण भईरहने क्रममा एथर ४५० एक्स इलेक्ट्रिक स्कुटर पनि एक हो । यस एथर ४५० एक्स इलेक्ट्रिक स्कुटरको मोटरको कुरा गर्दा ६.४ किलोवाट मोटर पाउन सकिन्छ । यसमा ७ इन्च टच स्क्रिन रहेको छ । यस्तै ब्याट्रिको बारेमा कुरा गर्दा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर रहेको पाउन सकिने छ । साथै ६.४ किलोवाट पिक पावर र २६ एनएम पिक टर्क पाउन सकिन्छ ।
एथर ४५० एक्स इलेक्ट्रिक स्कुटरको ब्याट्रि पावर लिथियम आयोन पाउनुका साथै रेन्जको कुरा गर्दा २.९ किलोवाटमा १११ किलोमिटर दिन्छ भने ३.७ किलोवाटमा १५० किलोमिटर दिनेछ । यसको टप स्पिड प्रति घण्टा ९० किलोमिटर रहेको छ ।

यस एथर ४५० एक्स इलेक्ट्रिक स्कुटर फुल चार्च गर्न २.९ किलोवाट आवर भएको ब्याट्रिमा ८ घण्टा ३६ मिनेट र ३.७ किलोवाट आवर भएको ब्याट्रिमा ५ घण्टा ४५ मिनेट समय लाग्ने छ । यस स्कुटरको अगाडिको टायर साइज ९०/९०–१२ र पछाडिको टायर साइज १००/८०–१२ को ट्युबलेस् टायर पाउन सकिने छ । ब्रेकिङ टाईपको कुरा गर्दा रिजेनेरेटिभ बे्रकिङका साथ कम्बाइन्ड ब्रेकिङ सिस्टम रहेको छ भने सस्पेन्सन् टेलिस्कोपिक फोर्क र सिमेट्रिकली माउन्टेड प्रोग्रेसिभ मोनोसक पाईने छ ।
यस इलेक्ट्रिक स्कुटरमा ७८० सिट हाइट रहेको छ । ग्राउन्ड क्लियरेन्सको कुरा गर्दा १७० एमएम रहेको छ । यस स्कुटरको अन्डर सिटमा २२ लिटर स्टोरेज पाईने छ । स्कुटरको तौलको कुरा गर्दा १०८ देखि १११.६ केजि सम्म रहेको छ ।यो स्कुटर स्पेश ग्रे ,स्टिल वाइट ,सल्ट ग्रिन , ट्रिउ रेड, कस्मिक ब्ल्याक र लुनर ग्रे गरि ६ ओटा कलर पाउन सकिने कम्पनिले बताएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
