ट्रकसँग स्कुटर ठोक्किँदा दाजुको मृत्यु, बहिनी गम्भीर घाइते
पाल्पा । पाल्पामा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बुधबार बेलुका पाल्पाको तिनाउ ३ दोभान नजिकै भएको दुर्घटनामा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ४ डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहेको प्रहरीले जनाएको छ ।
यस्तै स्कुटरको पछाडि सवारी विवेककी बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएको पाल्पा प्रहरीले जनाएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ८६ प ६५१ नम्बरको स्कुटरले सोही दिशातर्फ आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ठक्कर खादा दुर्घटना भएको पाल्पा प्रहरीका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घाइते रश्मीको भने उपचार जारी रहेको छ । ट्रकका चालककलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
