राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित
जानकारी केन्द्र
२०८१, असार, २८
काठमाडौ । राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगन भएको छ । बिहीबार १: १५ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना प्रकाशित गर्दै बैठक स्थित भएको जानकारी दिएका हुन् ।
सूचनामा भनिएको छ- ‘राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ असार ३० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी रहेकोमा दलहरुबीच विवाद भएपछि बैठक बस्न नसकेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
