मेसीको काखमा बच्चा यमलको भाइरल तस्विर कसरी खिचिएको थियो ?
काठमाडौँ । लियोनेल मेसी र फुटबल जगतका नयाँ स्टार लामिन यमलको पुरानो तस्विरको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।
सन् २००७ मा अर्जेन्टिनाका युवा स्टार फुटबलर लियोनल मेसी बार्सिलोना क्लबको क्याम्प नोउको ड्रेसिङ रुममा एउटा च्यारिटी क्यालेन्डर फोटोसुटका लागि एक बच्चासँग पोज दिएका थिए । त्यतिबेला मेसी २० वर्षका थिए । त्यो समय मेसी ‘अल टाइमको महान’ खेलाडी बन्ने बाटोको शुरुवाती चरणमा थिए ।
तर सायद त्यतिबेला फोटोग्राफरलाई मेसीको काखमा रहेको बच्चाले पनि एक दिन फुटबलको दुनियाँमा ख्याति कमाउनेछ भन्ने कल्पना थिएन ।
उक्त तस्बिरमा मेसीले स्पेनिस खेलाडी लामिन यामललाई काखमा राखेको देखिन्छ । आज करिब १६ वर्षपछि युरो च्याम्पियनसिपबाट यमल विश्व फुटबल जगतमा नयाँ सुपर स्टारको रुपमा उदाएका छन् । उनको उत्कृष्ट प्रदर्शनका कारण स्पेन युरोकपको फाइनलमा पुगेको छ ।
१६ वर्ष ३६२ दिनको उमेरमा यमल युरो कपको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका छन् । यमलका बुबाले मेसी र यमलको यो तस्विर इन्स्टाग्राममा सेयर गरेका छन् । उनले लेखेका छन्- ‘दुई महान् व्यक्तिको सुरुवात ।’ यी फोटोहरू एसोसिएटेड प्रेसका लागि स्वतन्त्र फोटोग्राफरको रूपमा काम गर्ने जोन मोनफोर्टले खिचेका हुन् ।
बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले स्पेनको मातारो सहरमा च्यारिटी लटरी आयोजना गरेको बेला यो फोटोसुट गरिएको उनले बताए । यमलको परिवार यहाँ बस्थे ।
मोनफोर्टका अनुसार, ‘यमलको परिवार क्याम्प नोउमा आयोजित च्यारिटी लटरीमा भाग लिइरहेको थियो जहाँ मैले मेसीसँग यमलको यो फोटो खिचेँको थिए ।’ फोटोग्राफर मोनफोर्टले यो असाइनमेन्ट सजिलो नभएको बताउँछन् किनभने ‘मेसी लजालु व्यक्ति हुन् ।’
उनी लकर कोठाबाट बाहिर निस्कदै थिए र संयोगवश अर्को लकर कोठामा पसे जहाँ प्लास्टिकको टब पानीले भरिएको थियो । त्यसमा एक बच्चा थियो । मेसीलाई बच्चालाई कसरी समात्ने भन्ने पनि थाहा थिएन ।’
यस अवसरका केही तस्विरहरू छन् जसमा मेसीसँगै यमलकी आमा पनि देखिएका छन् । मेसी जस्तै, यमलले पनि बार्सिलोना क्लबबाट फुटबल खेले, जहाँ उनी क्लबको सबैभन्दा कान्छो गोलकर्ता बने । उनी स्पेनिस लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका छन् ।
मोनफोर्टले भने, गत हप्ता तस्बिर भाइरल हुन थालेपछि मात्र उनले बच्चा यमल भएको थाहा पाए । उनले भने, ‘यस्तो सनसनी सृजना गरेको कुरासँग जोडिन पाउनु निकै रोमाञ्चक छ । साँच्चै भन्नुपर्दा यो एकदमै सुखद अनुभूति हो ।’
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
